नेपालगन्जको न्यूरोडबाट कोरेक्ससहित दुईजना पक्राउ



नेपालगन्ज ।

नेपालगन्ज–२, न्यूरोडबाट प्रहरीले लागूऔषध कोरेक्ससहित शुक्रबार दुईजनालाई पक्राउ गरेको छ ।

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–६ का ४९ वर्षीय बालकृष्ण गिरी र सोही ठाउँका सञ्जय खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१६ भन्सार कार्यालयस्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुबाट लागूऔषध कोरेक्स एक सय मिलिलिटरका २५ वटा बोटल फेला परेका थिए ।

गिरीले जेब्रा झोलामा उक्त लागूऔषध राखेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १७ गते सोमबार