19 June 2024  |   बिहिबार, असार ७, २०८१

यस्ता छन् बुद्ध होलिडेजले ल्याएको भ्यालेन्टाइन्स प्याकेज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १७, २०७८  

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरू ल्याएको छ।

उक्त प्याकेजअन्तर्गत पहिलो चरणको लागि पोखरा र भरतपुरलाई छनौट गरिएको छ। विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरूमा सजिलो र सहज होलिडे प्याकेजहरू ल्याइने बद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशर जंग पाण्डेले बताए।

बुद्ध होलिडेजले अहिलेसम्म तीन हजार आठ सय स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा दिएको छ।

युवा वर्गलाई लक्षित गरी ल्याइएको यस होलिडे प्याकेजमा दुई तर्फी हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप-ड्रप, ट्विन सेयरिङ एसी रूम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ।

यो अफर फेब्रुअरीको १५ तारिखसम्म हुने गरी लागू गरिएको छ।

यस्तो छ अफरहरूः

काठमाडौं-पोखरा प्याकेजः रु, ६,९९९ (प्रति व्यक्ति)

काठमाडौं-चितवन प्याकेजः रु, ९,९९९ (प्रति व्यक्ति)

भैरहवा-पोखराः रु. ७,९९९ (प्रति व्यक्ति)

चितवन-पोखराः रु. ७,९९९ (प्रति व्यक्ति)

सिमरा-पोखराः रु. ८,९९९ (प्रति व्यक्ति)

नेपालगञ्ज-पोखराः रु. ९,९९९ (प्रति व्यक्ति)

प्रकाशित मितिः सोमवार, माघ १७, २०७८     7:55:11 PM  |