20 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँसगढीमा कियाको ठक्करबाट आमाछोरा गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १७, २०७८  

कोहलपुर ।

बर्दियाको बाँसगढी बजारमा किया गाडीको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

सोमबार बिहान बाँसगढी ८ लक्ष्मणामा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा ५ ख १९०० नम्बरको किया गाडीले भे ५ प ८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट बाँसगढी ८ घर भएकी ४१ वर्षीया लक्ष्मी विक गम्भीर घाइते भएको बाँसगढी प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोहलपुर पठाइएको छ ।

मोटरसाइकल चालक २४ वर्षीय हेमराज विक सामान्य घाइते भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, माघ १७, २०७८     11:43:34 AM  |