बाँकेको नेपालगन्जमा जारी टिभिएस स्मार्ट एक्सचेञ्ज तीन दिन थप गरिएको छ ।
माघ ९ गतेदेखि १४ गतेसम्म चलेको एक्सचेञ्जमा ग्राहकहरुको माग बढेपछि थप तीन दिन थपिएको हो । नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स र नेपालगन्जका लागि बिक्रेता ग्रेस एण्ड ग्लोबल प्रालि नेपालगन्जको आयोजनामा टिभिएस स्मार्ट एक्सचेञ्ज चलिरहेको छ ।
माघ ९ गतेदेखि १४ गतेसम्म चलेको एक्सचेञ्जमा ग्राहकको धेरै माग भएपछि भोली सोमबारसम्म थप गरिएको जगदम्बा मोटर्सका रिजनल अफिसर प्रकाश श्रेष्ठले जानकारी दिए । ‘नेपालगन्जमा कम्पनीले ल्याएको एक्सचेञ्ज अफर धेरै ग्राहकहरुले मन पराइदिनुभयो । उहाँहरुले मागअनुसार हामीले थप तीन दिन थप गर्ने निर्णय गरेका हौं’ उनले भने, ‘सुरुको पाँच दिनमा मात्रै नेपालगन्ज डिलरबाट ४७ थान मोटरसाइकल तथा स्कुटर एक्सचेञ्ज भए ।’
उनकाअनुसार विन्टर सिजनलाई ध्यानमा राखेर चलाइएको एक्सचेञ्ज अफरमा प्रत्येक टिभिएसका मोटरसाइकल तथा स्कुटर एक्सचेञ्ज गर्दा बजार मुल्यांकन भन्दा थप दश हजार रुपैयाँ बढी खरिदकर्ताले प्राप्त गर्न सक्नेछन् ।
मोटरसाइकल तथा स्कुटरको सहज फाईनान्सको सुविधा तथा आठ हजार नगद छुटको समेत व्यवस्था रहेको टिभिएसको नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबल प्रालिले जनाएको छ ।
रिजनल अफिसर श्रेष्ठले शून्य ब्याजदरमा टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिदको अफर समेत रहेको बताए ।
न्यून आय भएका तर मोटरसाइकल र स्कुटरको आवश्यकता भएर पनि खरिद गर्न नसकेका उपभोक्ताहरुलाई लक्षित गरेर मासिक ५ हजार ९०० किस्ता बुझाउने गरी अर्को अफर समेत कम्पनीले ल्याउन लागेको उनले जानकारी दिए ।
ग्रेस एण्ड ग्लोबल नेपालगन्जका सञ्चालक महादेव सिंहले सवारी चालक अनुमतिपत्र, नागरिकता, आयस्रोत तथा एक जना जमानी साथमा भए शोरुममा नै फाईनान्स गरेर मोटरसाइकल तथा स्कुटर ग्राहकलाई दिन सकिने बताए ।
अहिले नेपाली बजारमा लन्च भएको १२५ सीसीको अत्याधुनिक फिचर्स युक्त रेडर मोटरसाइकलमा पनि एक्सचेञ्ज अफर राखिएको नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्