14 June 2024  |   शुक्रबार, असार १, २०८१

आफ्नो ब्राको साइजबारे बोल्दा विवादमा तानिइन् श्वेता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८  

काठमाडौं ।

भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी आफ्नो ‘ब्रा’को साइजबारे बोल्दा विवादमा आएकी छन् ।

हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टमा श्वेताले आफ्नो ब्राको साइजका बारेमा बोलेकी थिइन् । जहाँ श्वेतासँगै रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए ।

अभिनेत्री श्वेता भनेकी थिइन्, ‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ ।’ यो उक्त भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै ट्रोल बनाउनेक्रम सुरु भएको छ । अभिनेत्री श्वेताले कुन सन्दर्भमा उक्त कुरा बोलेकी हुन् भन्ने खुल्न सकेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भनेका छन् । श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिँदै आएकी छन् ।

केही समयअघि मात्र उनी आफ्नो वैवाहिक जीवनबारे विवादमा आएकी थिइन् । श्वेतामाथि पूर्वपति अभिनव कोहलीले केप टाउनमा ‘खतरोंके खेलाडी–११’ को सुटिङमा बिरामी छोरालाई छोडेर गएको आरोप लगाएपछि श्वेता विवादमा तानिएकी हुन् ।

 

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८     4:24:27 PM  |