13 June 2024  |   शुक्रबार, असार १, २०८१

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको भाउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८  

काठमाण्डाै ।

सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो र आज सुन लगातार तोलामा ९ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति बुधवार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन हिजाे बिहीवार ९ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८     11:55:06 AM  |