19 June 2024  |   बुधबार, असार ६, २०८१

एक भए मौनी र सूरज, विवाह तस्बिर सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८  

एजेन्सी ।

अभिनेत्री मौनी रोय र सूरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले मलायाली र बंगाली परम्परा अनुसार विवाह गरेका हुन् । मौनी र सूरजको विवाहमा परिवारका सदस्य र केही नजिकका साथीमात्र सहभगी थिए ।

उनीहरुको विवाहको पहिलो तस्विर सार्वजनिक भएको छ । जसमा बेहुली बनेकी मौनी परम्परागत साडीमा निकै सुन्दर देखिएकी छिन् ।

विवाहपछि अभिनेत्रीले तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरका साथ लेखेकी छन्, ‘अन्तत : मैले भेटें । हातमा हात मिलाएर, परिवार र साथीभाइको आशीर्वाद, हामी विवाहित छौं । तपाईको माया र प्रार्थना चाहिन्छ । लव, सूरज र मौनी ।’

मौनी र सूरजको विवाहको तस्विर सामाजिक संजालमा भाइरल भइरहेका छन् । फ्यानले सफल दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् । यो मौनी रोय र सूरजको दक्षिण भारतीय विवाह हो । सुरज साउथ इन्डियन भएकाले दुबैले मलायाली र बङगाली संस्कार अनुसार विवाह गरेका हुन् ।

विवाहमा सादा लुक्समा समेत मौनी निकै सुन्दर देखिएकी छन् । उनले सुनको गहनाका साथ दुलही लुक्स पूरा गरेकी छिन्, भने सूरजले सुनौलो रंगको कुर्ता लगाएकी छन् । विवाहको अघिल्लो दिन मौनीको मेहन्दी र हल्दी समारोह आयोजना भएको थियो ।

मौनी अभिनेत्री हुन् भने सुरज बैंकर हुन् । कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै मौनी र सूरजको विवाहमा जम्मा १०० जनाको उपस्थित रहेको बताइन्छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८     11:33:18 AM  |