19 June 2024  |   बुधबार, असार ६, २०८१

ट्याक्टर र यात्रुवाहक बस ठोक्किदा दुइ यात्रु गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८  

सर्लाही ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा उखु बोकेको ट्याक्टरमा यात्रुबाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो । हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ।

घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो । बस चालक चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालकको पहिचान हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८     9:40:09 AM  |