युक्रेन विवादः रुसी तेल पाइपलाइन रोक्ने अमेरिकाको धम्की



एजेन्सी ।

रुसले युक्रेनमाथि हमला गरेको खण्डमा अमेरिकाले पश्चिमी युरोपसम्म ग्यास पुग्ने रुसको महत्वपूर्ण पाइपलाइनको ओपनिङ बन्द गर्ने चेतावनी दिएको छ ।

नर्ड स्ट्रीम २ पाइपलाइनको रुसबाट जर्मनी जाने योजना छ । जर्मनीका अधिकारीले बिहिबार रुसको हमलाको स्थितिमा यो परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने बताएका थिए ।

पश्चिमी सहयोगी देशले हमला गरेको खण्डमा आफूहरुले रुसको अर्थव्यवस्थालाई निशाना बनाउने बताएका छन् । उनको हालको बयानले देखाउँछ कि पश्चिमी देशले तेल पाइपलाइनको विषयमा कडा व्यवहार देखाउन थालेका छन् ।

रुसले युक्रेनमाथि हमला गर्ने योजना बनाइरहेको आरोप लगाइन्छ तर उसले भने उक्त आरोप ठाडो अस्वीकार गर्ने गर्छ । तर युक्रेनो सीमामा लाखौँ रुसी सैनिक तैनाथ हुँदा तनाव र हमलाको डर बढेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एनपीआरसँग भने, ‘म स्पष्ट पार्न चाहन्छु कि यदि रुसले युक्रेनमाथि कुनै पनि प्रकारको हमला गर्छ भने नर्ड स्टिम २ अघि बढ्न पाउने छैन ।’

तर पाइपलाइनलाई कसरी रोकिनेछ भन्नेबारे सुक्ष्म जानकारीमा आफू जान नचाहेको उनले बताएका छन् । यस्तोमा प्रश्न यो उठ्छ कि के अमेरिकासँग साँच्चै नै यो परियोजना रद्द गर्ने शक्ति छ ?

नेड प्राइसले भने, ‘हामी जर्मनीसँग मिलेर यो अघि नबढोस् भन्ने कुरामा सुनिश्चित गर्न चाहन्छौँ ।’

तर यहाँ अमेरिका र जर्मनीको बयानमा नै अन्तर देख्न पाइएको छ । अमेरिकाले पाइपलाइनको ओपनिङ नै रोकिदिने बताएको छ भने जर्मनीले यो परियोजनामाथि प्रतिबन्ध लगाइन सक्ने बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रबार