19 June 2024  |   बिहिबार, असार ७, २०८१

दैलेखदेखि नेपालगन्ज आउँदै गरेको यात्रुबहाक बस दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८  

नेपालगन्ज ।

दैलेखदेखि नेपालगन्ज आउँदै गरेकाे (कर्णाली प्रदेश ००२००१ ख ००१) नम्बरको बस दुर्घटना भएकाे छ । बस सुर्खेत बराहाताल- ८ दमारे नजिक करिब २० मिटर तल खाेल्सामा खसेकाे छ ।

बसमा सवार ४ जना घाईते भएका छन ।

घाईते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा बिक नारायण नगरपालिका वर्ष ४१ का मिरा व्वर्णकार नारायण नगरपालिकाकै वर्ष २१ का एलिना पुलामि र डुङ्गेश्वर गाउँपालिकाका ४५ वर्षिका लक्ष्मि राना रहेकाे प्रहरीले जनाएकाे छ । बसमा सवार १३ जना रहेकाे थिए । साहु चालक एउटै ब्यक्ति रहेका छन ।

घाईतेहरूकाे प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     3:18:45 PM  |