बाँसगढीमा स्कुटर चोरेर भाग्दाभाग्दै परियार पक्राउ



बाँसगढी

ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले चोरीको स्कुटरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बाँसगढी नगरपालिका– ५ बाट हराएको स्कुटरसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।

बासुदेब पौडेलको घर अगाडी आगनमा राखेको अवस्थामा बामदेब पौडेलको भे.१० प ६४८५ नम्बरको स्कुटर चोरी भएको
थियो ।

स्कुटर खोजतलास गर्दै जाने क्रममा बढैयाताल गाँउपालिका– ५ हल्लन चोकका २८ वर्षीय शंकर परियारले चोरी गरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ ।

बाँसगढी– ५ स्थित सालघारी सामुदायिक जंगल नजिकै फेला पारी स्कुटर र मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १३ गते बिहीबार