19 June 2024  |   बिहिबार, असार ७, २०८१

नेपालमै गाउँपालिकामा धेरै जनसंख्या बाँके बैजनाथको

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८  

कोहलपुर ।

सार्वजनिक भएको जनगणनाअनुसार बाँकेस्थित बैजनाथ गाउँपालिका गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएको छ ।

बैजनाथमा ७० हजार तीन सय १५ जना रहेको तथ्यांक सार्वजनिक भएको हो ।

१० वर्षमा बैजनाथको जनसंख्या १५ हजार आठ सय ९७ जना थपिएका छन् । यसभन्दा अघि बैजनाथमा ५४ हजार चार सय १८ जनसंख्या थियो । आठ वडा रहेको बैजनाथको १४१.६७ वर्ग किलोमिटर क्षेत्रफल छ ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     9:53:49 AM  |