13 June 2024  |   शुक्रबार, असार १, २०८१

बाँसगढीमा आज निःशुल्क कोरोना परीक्षण गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८  

बाँसगढी ।

बर्दियाको बाँसगढीमा आज (बिहीबार) निःशुल्क कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य कार्यालय बर्दिया र बाँसगढी नगरपालिका स्वास्थ्य शाखाको समवन्यमा आधारभूत स्वास्थ्य केन्द्र माछागढमा कोरोना परीक्षण गरिन लागिएको हो ।

बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिरहेकोले निःशुल्क परीक्षण गर्न थालिएको जानकारी दिए ।

‘कोरोनाको तेस्रो लहरमा संक्रमित हुने संख्या समेत धेरैजना छ, नगरमा समेत धेरैजना संक्रमित हुनुहुन्छ,’ उनले भने, ‘लक्षण चिन्हसमेत रहेका धेरैजना हुनुभएकोले एक दिन निःशुल्क कोरोना परीक्षण गर्न थालेका हौं ।’

आधारभूत स्वास्थ्य केन्द्र माछागढका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिनेछ ।

बिहान साढे १० बजेदेखि साँझ ४ बजेसम्म निःशुल्क कोरोना परीक्षण गरिने छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुलाई आधारभूत स्वास्थ्य केन्द्र माछागढमा गएर परीक्षण गराउन सबैलाई बाँसगढी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     9:45:22 AM  |