20 June 2024  |   बिहिबार, असार ७, २०८१

बर्दियामा घट्दै विद्युत् चुहावट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८  

बर्दिया ।

जिल्लामा क्रमशः विद्युत् चुहावट घट्दै जान थालेको छ । चुहावट चालू आर्थिक वर्षको पुस मसान्तसम्म १६.०३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षमा चुहावट २२ प्रतिशतसम्म पुगेको थियो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाका सूचना अधिकारी मधुराज भण्डारीले विद्युत् चुहावट क्रमशः कम भइरहेको जानकारी दिए । ‘विभिन्न अभियान नै थालेर चुहावट नियन्त्रणको लागि प्रयास थालेको थियौं,’ उनले भने, ‘आर्थिक वर्षको अन्तिमसम्म अरु कम हुन्छ ।’

विद्युत् चोरी गरेकाबाट मात्र चालू आर्थिक वर्षको पुस मसान्तसम्म उक लाख १४ हजार एक सय ७५ रुपैयाँ जरिवाना असुल भएको थियो । गत आर्थिक वर्षमा भने १० लाख ६० हजार आठ सय ६४ रुपैयाँ जरिवानाबाट उठेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

जिल्लामा गत पुस मसान्तसम्म चालू आर्थिक वर्षमा २१ करोड २७ लाख १५ हजार रुपैयाँ महसुल संकलन भएको थियो । गत आर्थिक वर्षमा भने ३८ करोड ९९ लाख ४२ हजार रुपैयाँ महशुल उठेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाले जनाएको छ ।

बर्दियामा हाल ७३ हजार आठ सय ५६ जना ग्राहक छन् । चालू आर्थिक वर्षमा जिल्लामा ग्राहकको ७५ हजार पु¥याउने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     7:27:58 PM  |