मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भोलिसम्म जारी रहने मौसमविद्ले जानकारी दिएका छन्।
आज देशको पहाडी भु(भागमा मौसम आंशिक बदली हुनेछ भने तराईमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार क्रमशः दैनिक सुधार हुँदै आएको मौसममा पर्सि शनिबारबाट सफा हुनेछ।
‘मौसममा दैनिक सुधार हुँदै आएको छ। हिजोभन्दा आज कम हुन्छ, आजभन्दा भोलि कम र शनिबारदेखि मौसम सफा हुने देखिन्छ’, नगरकोटीले सेतोपाटीसँग भनिन्।
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको नगरकोटीले जानकारी दिइन्।
काठमाडौं उपत्यकामा आज बिहान घाम लागे पनि दिउँसोतिर बदली हुनेछ। ‘बिहान घाम लागे पनि दिउँसोतिर बदली हुने छ, साँझ तिर छिटपुट वर्षासमेत हुने देखिएको छ’, नगरकोटीले भनिन्।
यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
प्रतिक्रिया दिनुहोस्