घोराही कारागारबाट फरार कैदी नाइके दिल्लीमा पक्राउ



दाङ ।

घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस ८ गते अपराह्न उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँदिल्लीबाट माघ ९ गते पक्राउ गरेको हो ।

परियारलाई प्रहरीले पक्राउ गरी दाङ ल्याएको छ । परियार कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका व्यक्ति हुन् । परियारलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १० गते सोमबार