14 June 2024  |   शुक्रबार, असार १, २०८१

कोहलपुर नगरपालिकाले नयाँ चुच्चे नक्सा राखेन, आफ्नै प्रदेश समेत बिर्सियो (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १०, २०७८  

कोहलपुर ।

२०७७ असोज २० गते मंगलबार प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाडको देउखुरी राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित ग¥यो । त्यसपछि प्रदेश नम्बर ५ ले आफ्नै नाम पायो, ‘लुम्बिनी ।’

कामकाजी प्रक्रियामा पनि लुम्बिनी प्रदेश समावेश भयो । तर यही प्रदेशको नगरपालिकाले आफ्नै प्रदेशको नाम चिन्न सकेको छैन । जुन प्रदेश नामाकरणका पक्षमा ७९ मत खस्दै बहुमतबाट पारित भएको थियो ।

बाँकेस्थित कोहलपुर नगरपालिकाले आफ्नो प्रशासनिक भवनकै मूल प्रवेशद्वारमा प्रदेशको नाम पुरानैअर्थात् प्रदेश नम्बर ५ नै उल्लेख गरेको छ ।

जहाँ लुम्बिनी प्रदेश हुनुपर्ने हो । अर्काे कुरा सोही मूल प्रवेशद्वारमा नेपालले नयाँ नक्सा पाउँदासमेत नगरले परिवर्तन गर्न सकेको छैन । नगरले नयाँ प्रशासनिक नक्सा नराखी पुरानै नक्सा राखेको छ ।

प्रकाशित मितिः सोमवार, माघ १०, २०७८     11:12:09 AM  |