19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कांग्रेस कोहलपुरले भन्यो, जनताको स्वास्थ्यप्रति स्थानीय सरकार उत्तरदायी भएन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ९, २०७८  

कोहलपुर ।

विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नेपाली कांग्रेस कोहलपुर नगर समितिले आग्रह गरेको छ ।  कोरोनाकै कारणले तीन वर्षदेखि थलिएको शिक्षा क्षेत्रलाई अगाडी बढाउनको लागि विद्यार्थीलाई खोपको माग गरिएको हो ।

नेपाली कांग्रेस कोहलपुर नगर समितिले आइतबार पे्रस विज्ञप्ती जारी गरेर विद्यालय सञ्चालनको लागि स्थानीय सरकारलाई विभिन्न सुझाव समेत दिएको छ ।

कोरोनाको तेस्रो लहर आइसक्दा समेत स्वास्थ्य सुरक्षाको बारेमा उपयुक्त कदम चाल्नु पर्नेमा स्थानीय सरकार मुखदर्शक भएर बसेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः आइतवार, माघ ९, २०७८     6:40:02 PM  |