20 June 2024  |   बिहिबार, असार ७, २०८१

कोहलपुरमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किदा एक घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ९, २०७८  

कोहलपुर ।

कोहलपुर नेपालगन्ज सडक खण्डको कोहलपुर हाइस्कुल अगाडी ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन् ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प ४५०४ मोटरसाइकल भे १ च ६६९७ को ट्रयाक्टरसँग ठोक्किएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

अनुहारमा चोट लागेका घाइतेको उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

ट्रयाक्टरले बाटो क्रम गर्ने क्रममा मोटरसाइकल आएर ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, माघ ९, २०७८     6:15:30 PM  |