अन्जु न्यौपानेद्धारा लिखित ‘लुकेको वासना’ नामक उपन्यासको विमोचन गरिएको छ । बुधबार कोहलपुरमा एक कार्यक्रमकाबीच न्यौपानेको दोस्रो औपन्यासिक कृति ‘लुकेको वासना’को विमोचन गरिएको हो ।
पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले विमोचन गरेका थिए । उक्त अवसरमा बोल्दै उनले ‘लुकेको वासना’ बैचारिक रुपमा शसक्त कृति भएको बताए ।
उनका अनुसार आख्यानिक हिसाबमा भने कृति कमजोर रहेको छ । कथाकार रेग्मीले पुस्तको सफलताको शुभकामना समेत व्यक्त गरेका छन् । उक्त अवसरमा ‘लुकेको वासना’माथि लेखक तथा प्रध्यापक इश्वरी रिजाल (उल्कापात)ले समालोचना गरेका थिए ।
उनले शैली वैज्ञानिक ढंगले ‘लुकेको वासना’को विष्यवस्तु छनौट उत्कृष्ट रहेको बताए । उनका अनुसार कृतिको मूल विषय महिलाहरुको दमित यौन इच्छा हो । कृतिमा मुख्य कथावाचक सजनी हुन् । उनी कृतिमा व्यक्तिवादी, भोकवादी र यौनप्यासी छन् ।
यस्तै घटना र प्रभावमा आधारित कथानक रहेको छ । उपन्यास घटनामा आधारित रहेको उनले बताए । यसमा थुपै्र भाषिक त्रुटि पनि रहेको भन्दै आगामी दिनमा सुधार गर्न उनले सुझाव दिए । लेखक न्यौपानले आफ्नो दोस्रो सन्तान पुस्तक जन्माएर पाठकलाई जिम्मा दिएको बताइन् ।
पुस्तक प्रकाशनमा सहयोग गर्नेप्रति उनले आभार प्रकट गरिन् । ‘लुकेको वासना’ न्यौपानेको दोस्रो कृति हो । यसअघि उनको पहिलो कृति मोड प्रकाशित छ । अन्जु न्यौपाने पेशाले स्टार्फ नर्स हुन् ।
उनी उडान नेपालको प्रमुख संरक्षक र नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र कोहलपुरमा संयोजकको रुपमा समेत कार्यरत छिन् । उनी अन्य विभिन्न संघसंस्थाहरुसँग पनि आवद्ध उनी मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) समेत हुन् ।
कृति विमोचनको क्रममा संजय सिंह, पोषण केसी, संगीता सुवेदी र सागर गैरले शुभकामना मन्तव्य राखेका थिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा उपाध्यक्ष सुमित्रा न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्