काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको बुद्ध एयरको जहाजमा रहेकी एक यात्रु बेहोस भएकी छिन् । जहाज नेपालगन्जमा निर्धारित समयमा ल्याण्डिङ्ग हुन नसक्दा एक महिला यात्रु वेहोस भएको विमानस्थल प्रहरीले जनाएको छ ।
६९ यात्रु लिएर काठमाण्डौबाट नेपालगन्जको लागि उडेको बुद्ध एयरको जहाज मौसमका कारण नेपालगन्ज विमानस्थलमा समयमै अवतरण हुन सकेको थिएन् ।
बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज नेपालगन्ज विमानस्थलमा ८ बजेर ४० मिनेटमा अवतरण हुनु पर्नेमा ९ बजेर १८ मिनेटमा मात्र अवतरण भएको थियो ।
जहाजमा रहेकी एक महिला बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ । नेपालगन्जमा केहीदिन यता हुस्सुलाग्दै आएको कारण मौसम खुल्न सकेको छैन ।
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्