19 June 2024  |   बिहिबार, असार ७, २०८१

हवल्दारपुरको धर्मकाँटामा जबरजस्ती ट्रक रोक्न खोज्दा ट्रकले कर्मचारीलाई किच्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ६, २०७८  

कोहलपुर ।

कोहलपुरको हवल्दारपुरमा रहेको एक धर्मकाँटामा कार्यरत कर्मचारीको ट्रकले किच्दा मृत्यु भएको छ ।

बुधबार राती करिब १० बजेको समयमा नेपालगन्जबाट कोहलपुरतर्फ आइरहेको ट्रकले किच्दा धर्मकाँटामा कारर्यत नेपालगन्ज– ७ का त्रिलोक केसीको ट्रकले ज्यान लिएको हो ।

त्यहाँ रहेको धर्मकाँटामा कार्यरत उनलाई ट्रक रोक्न खोज्दा ठक्कर दिएको कोहलपुर प्रहरीले अनुमान गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार केसीलाई भे १ क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फरार रहेको ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । धर्मकाँटा भेरी ट्रक र नेपालगन्ज ट्रक व्यवसायी प्रालिले सञ्चालन गरिरहेका छन् ।

धर्मकाँटामा कार्यरत कर्मचारीहरुले नेपालगन्जतर्फबाट आउने ट्रकहरुलाई रोकेर चेकजाँच गर्ने गर्दछन् । बुधबार राती समेत सोही क्रममा केसीलाई ट्रकले किचेर भागेको हो ।

यसअघि समेत धर्मकाँटामा कार्यरत कर्मचारीहरुले आफ्ना समिति बाहेक अन्य समितिका ट्रकहरुलाई समेत सडकमा आएर जबरजस्ती रोक्ने गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

 

प्रकाशित मितिः बिहिबार, माघ ६, २०७८     10:35:37 AM  |