नायिका श्वेता खड्कालाई कोरोना संक्रमण



काठमाडौं ।

नायिका श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’

उनी केही दिनअघि आफूले बनाएको माझी बस्ती अवलोकनका लागि सिन्धुपाल्चोक पुगेर फर्किकी थिइन्।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ४ गते मंगलबार