कोहलपुर : साविक वनकटुवा गाविसको तीनपटक अध्यक्ष भएका स्वर्गीय गगनसिंह रावलको शालिक अनावरण गरिएको छ । पार्टी, जनप्रतिनिधि र परिवारको सहयोगमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।
आइत
बार एक कार्यक्रमका बीच नेकपा एमालेका केन्द्रिय तथा बाँके इन्चार्ज सुर्य ढकाल र बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले संयुक्त रुपमा वडा नम्बर ६ स्थित एच गाउँमा एमालेका नेता समेत रहेका स्वर्गीय रावलको अर्धकदको शालिक अनावरण गरेका थिए । नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीका अनुसार कुल २ लाख २० हजार ३ सय ४६ रुपैयाँ लागतमा शालिक निर्माण गरिएको थियो ।
स्वर्गीय रावल २०४३ सालमा भएको स्थानीय तहको चुनावमा जनपक्षीय उम्मेदवार भएर साविक वनकटुवा गाविस वडा नम्बर ५ को अध्यक्ष निर्वाचित भएका थिए । पछि फेरि २०४९ सालमा भएको निर्वाचनमा पनि अध्यक्ष निर्वाचित भएको सचिव सुवेदीले बताए ।
यस्तै २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर अध्यक्ष निर्वाचित भएको पनि उनको भनाइ छ । उनले शिक्षा, सहकारी, बस्ती विकास र आर्थिक क्षेत्रमा अमूल्य योगदान दिएका थिए । २०४२ सालदेखि राजनीतिमा सक्रिय रावलको २०७७÷५÷२ गते मृत्यु भएको थियो ।
उक्त अवसरमा बोल्दै केन्द्रिय सदस्य ढकालले पाटीले स्वर्गीय रावलको योगदानको कदर गरेको बताए । उनका अनुसार सामाजिक रुपान्तणको लागि उनीबाट नेता कार्यकर्ताहरुले धेरै कुरा सिक्न सक्छन् ।
उक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई सहित पार्टीका प्रदेश सदस्य, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकरी, एमाले बाँकेका अध्यक्ष, उपाध्यक्ष र सचिव लगायत पार्टीका नेता कार्यकर्ताहरु सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्