बाँकेमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीः आदेश दिने सिडिओ, नियमन गर्ने को ?



आदेश जारी भएयता जिल्ला प्रशासनबाट कुनै पनि अनुगमन नहुँदा आदेश कार्यान्वयनमा चुनौती देखिएको छ । सार्वजनिक सवारीसाधनमा यात्रुको सिटभन्दा धेरै कोचाकोच यात्रु राख्ने, गाडीभित्र यात्रुले मास्क प्रयोग नगर्ने र गाडीमा सेनिटाइजर प्रयोग नगर्ने देखिएको छ । पछिल्लो समय कोरोना भाइरस दिनानुदिन बढ्दै छ ।

जनस्वास्थ्यका लागि महŒवपूर्ण मानिएको सिडिओको आदेश कार्यान्वयन नहुँदा कोरोना भाइरसको जोखिम अझ बढी देखिन्छ । यातायात व्यवसायी मात्र होइन, स्वयम् नागरिक पनि आफ्नो दायित्व निर्वाह नगर्दा सिडिओको आदेश कार्यान्वयनमा समस्या देखिएका छ ।

नेपालगन्ज ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले पुस २७ गते जारी गरेको आदेशमा भनिएको छ, ‘सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने र यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राख्ने र प्रयोगको व्यवस्था गर्ने ।’

कोभिड–१९ (कोरोना भाइरस) को तेस्रो लहर सुरु हुँदै गर्दा जोखिम कम गर्न सिडिओले पाँचवटा बुँदामा आदेश दिएका छन् । दुई बुँदा (बुँदा नम्बर २ र ३) माघ ७ गतेदेखि लागु हुने भनिएको छ भने अन्य तीनवटा आदेश जारी गरेको दिनको राति १२ बजेदेखि लागू हुने भनिएको छ । तर, उक्त आदेश कार्यान्वयन हुन सकेको छैन ।

जसले गर्दा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । सिडिओ खत्रीको आदेशमा भनिएजस्तै यात्रुले सार्वजनिक गाडीमा अनिवार्यरुपमा मास्क लगाउँदैनन् । स्थानीय (लोकल) गाडीमा यात्रुहरु कोचाकोच हुन्छन् ।

अहिलेसम्म कुनै पनि सार्वजनिक गाडीको ढोकामा सेनिटाइजर राखेको देखिँदैन । यातायात व्यवसायी सिडिओ खत्रीको आदेश कार्यान्वयन गर्न कन्जुस्याइ गरिरहेका छन् भने नियामक निकाय मौन छ ।

आदेश जारी भएयता जिल्ला प्रशासनबाट कुनै पनि अनुगमन नहुँदा आदेश कार्यान्वयनमा चुनौती देखिएको छ ।

सार्वजनिक सवारीसाधनमा यात्रुको सिटभन्दा धेरै कोचाकोच यात्रु राख्ने, गाडीभित्र यात्रुले मास्क प्रयोग नगर्ने र गाडीमा सेनिटाइजर प्रयोग नगर्ने देखिएको छ । पछिल्लो समय कोरोना भाइरस दिनानुदिन बढ्दै छ ।

जनस्वास्थ्यका लागि महŒवपूर्ण मानिएको सिडिओको आदेश कार्यान्वयन नहुँदा कोरोना भाइरसको जोखिम अझ बढी देखिन्छ । यातायात व्यवसायी मात्र होइन, स्वयम् नागरिक पनि आफ्नो दायित्व निर्वाह नगर्दा सिडिओको आदेश कार्यान्वयनमा समस्या देखिएका छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रीस्तर) को २०७८ पुस २६ गतेको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम सिडिओ खत्रीले आदेश जारी गरेका थिए । ‘सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम तथा मेला, भेला, महोत्सवहरु आयोजना नगर्ने ।

सार्वजनिकस्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्ने,’ सिडिओ खत्रीको उक्त आदेशमा भनिएका छ, ‘सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ड, सिनेमा हल, रंगशाला, हवाइ यात्रा, पार्क आदी) प्रवेश गर्दा अनिवार्यरुपमा कोभिडविरुद्ध खोप लगाएको कार्ड (मोवाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने तर यो बुँदा भने माघ ७ गतेदेखि लागु हुने भनिएको छ ।’

बुँदा नम्बर ५ मा कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्ने गराउने । यो बुँदा पनि प्रभावकारीरुपमा कार्यान्वय हुन सकेको छैन ।

सबैभन्दा सार्वजनिक यातायातका साधनबाट कोरोना भाइरस जोखिम देखिन्छ । यातायातका साधनमा बिनामापदण्ड कोचाकोच गरेर यात्रुहरु बस्दा पनि कोरोना भाइरसको जोखिम बढ्दो छ ।

प्रशासनको कमजोर भयो
कर्णबहादुर थापा

(वडाध्यक्ष) कोहलपुर नगरपालिका ११, बाँके

निर्णय हतारमा गरिने र कार्यान्वयनमा चुक्ने हाम्रो परिपाटी नै छ । कतिपय निर्णय औपचारिकतामा लागि मात्र गरिन्छ । यस्तो सोचाइ गलत हो र छ । पुस २७ गते प्रमुख जिल्ला अधिकारीको आदेश पनि त्यस्तै देखियो ।

आदेश जारी गरेपछि अनुगमन गर्नुपथ्र्याे । अहिलेसम्म अनुगमन भएको देखिँदैन । सिडिओ आफैँ कार्यालयभन्दा बाहिर आएर अनुगमन गर्नुपथ्र्याे । यदी त्यस्तो होइन भने, अनुगमन समिति गठन गरेर कार्यान्वयन गर्नुपथ्र्याे ।

प्रशासनकै कमजोरीलाई सिडिओको आदेश कार्यान्वयन हुन नसकेको छैन । आदेश कार्यान्वयनका लागि नागरिक समाजले दबाब दिन जरुरी छ । नागरिकले पनि आफ्नो जिम्मेवारी भुल्नु हुँदैन ।

स्थानीय तह पनि लाग्नुपर्छ
टोपेन्द्रबहादुर केसी

सहायक प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय बाँके

कोभिड–१९ (कोरोना भाइरस) को जोखिम कम गर्न प्रमुख जिल्ला अधिकारीज्यूबाट आदेश जारी भएको छ ।

जनस्वास्थ्यका हिसाबले उक्त आदेश महŒवपूर्ण छ । स्वयम् यातायात व्यवसायी आफैँले पनि आदेश कार्यान्वयनमा ध्यान दिनुपथ्र्याे । बुँदा नम्बर ४ मा भनिएजस्तो मापदण्ड पालना गराउन ट्राफिक प्रहरीले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नसक्छ ।

आदेश कार्यान्वयनको अहिले अनुगमन भएको छैन । हामी अनुगमन गरेर कडाइ गर्छांै । अर्काे कुरा उक्त आदेश कार्यान्वयनमा स्थानीय तह पनि गम्भीर हुन जरुरी छ । आफ्ना पालिकाभित्र आदेश कार्यान्वयनमा सहयोग पु¥याए कोरोना भाइरसको जोखिम कम गर्न सकिन्छ ।

बढी जोखिममा यातायात क्षेत्र

मनप्रसाद आचार्य
(अध्यक्ष), बागेश्वरी यातायात प्रालि

यातायात व्यवसायीसँग कुनै सल्लाह नगरि आफैँ निर्णय भयो । हाम्रो विषयमा निर्णय हुँदैछ भने कम्तिमा हामीलाई जानकारी हुनुपथ्र्याे वा बैठकमा बोलाइनु पथ्र्याे । त्यसो नगरि आदेश मात्र जारी गरियो ।

अहिलेसम्म आदेश कार्यान्वयनका लागि पत्राचार भएको छैन । पत्राचार नभए पनि सिडिओको आदेशमा हामी गम्भीर छौं । आदेश कार्यान्वयन एक÷दुई दिनमै गर्छाैं । स्वास्थ्य मापदण्ड पूरा पहिलो पनि गरेका हौं । अहिले पनि गर्छांै ।

हामी हाम्रो जिम्मेवारीबाट पन्छिँदैनौं । यात्रुसँग छोटो दुरीमा न्यूनतम शुल्क लिने र लामो दुरीमा निःशुल्क मास्क दिने भन्ने हाम्रो योजना छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित नै यातायात क्षेत्र छ । यहाँका सम्पूर्ण कर्मचारीलाई जतिसक्दो छिटो खोपको व्यवस्था गर्नुपर्छ ।

गाउँपालिकाद्वारा आदेशको उल्लंघन

बाँकेका सिडिओको आदेशलाई खिल्ली उडाउँदै राप्तीसोनारीमा रहेको भुवर भवानी मन्दिर परिसरमा मेला लागिरहेको छ । पुस ३० गतेदेखि सञ्चालनमा भएको मेला भोलिसम्म चल्ने छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अनुमतिबिना नै मेला सञ्चालन भइरहेको छ । बाँके, बर्दिया, दाङ र भारतका विभिन्न स्थानबाट दैनिक हजारौं मानिसहरु मेला भर्न आउँछन् । कोरोनाको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला मेलामा सहभागीहरुले सामान्य स्वास्थ्य मापदण्डसमेत पालना गरेका छैनन् ।

राप्तीसोनारी गाउँपालिकाले कोरोनाको कारण देखाउँदै विद्यालय बन्द गरेपछि मेला सञ्चालन गर्न भने तीन लाख ५२ हजारमा ठेक्का लगाएको हो । गाउँपालिकाले मन्दिर व्यवस्थापन समितिमार्फत मेलाको ठेक्का लगाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमबार