20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ज्येष्ठ नागरिकलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २, २०७८  

नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उप–महानगरपालिका–२०, मनिकापुरमा ज्येष्ठ नागरिकलाई सम्मान एवम् न्यानो टोपी वितरण गरिएको छ । स्थानीय समाजसेवी नवराज सापकोटाले व्यक्तिगत खर्चमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सम्मान एवम् टोपी वितरण गरेका हुन् ।

शनिबार मनिकापुरमा रहेको पशुपति मन्दिर परिषरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर उनले एक सय बढी वृद्ध, वृद्धालाई सम्मानसहित टोपी वितरण गरेका थिए । साविकका मनिकापुर गाविसका पूर्व अध्यक्ष पदम अर्यालको वृृद्धलाई टोपी लगाएर कार्यक्रमको सुरुवात गरे । सापकोटा आफूले आफ्नो पेन्सनबाट आउने रकमबाट वृद्ध, वृद्धालाई टोपी वितरण गरेको बताउँछन् ।

सापकोटाले २०७५ सालदेखि विभिन्न असाय, असक्त, बालाबालिका तथा अपांगता भएका व्यक्तिलाई आफ्नै खर्चमा सहयोग गर्दै आईरहेका
हुन् । उनले २०७५ असोजमा ५५ घरधुरीलाई खाद्य सामान वितरण गरेका थिए ।

त्यस्तै सापकोटाले २०७५ चैतमा वडाभित्र रहको प्रत्येक सरकारी विद्यालयका अति विपन्न छात्र, छात्रालाई ड्रेस, २०७६ भदौमा ५५ ज्येष्ठ नागरिकलाई चिकित्सिकसहित केदारेश्वर तथा टीकापुर भ्रमण, २०७६ पुसमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, २०७६ माघमा एक सय ५० ज्येष्ठ नागरिकलाई कपडा वितरण, २०७७ बैशाखमा स्थानीयको सहयोगमा एक सय घरधुीलाई खाद्यान्न वितरण, २०७७ भाघ महिनामा एक सय ५० जना वृद्ध, वृद्धालाई कपडा तथा अपांगता भएका व्यक्तिलाई ब्यांकेटलगायत वितरण गरेका थिए ।

कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकले बालबच्चालाई उनीहरुका लागि धनसम्पत्ति भन्दा संस्कार सिकाउनु पर्ने बताए ।

प्रकाशित मितिः आइतवार, माघ २, २०७८     10:59:08 AM  |