माघी नजिकिँदै आएको छ । एक दिनमात्र बाँकी रहँदा थारु बस्तीमा माघीको तयारी सुरु भएको छ । थारुहरुको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् ।
थारु समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पारेका छन् । केही भने तयारीमा व्यस्त छन् । थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिन्छ । माघीकै अवसरमा अर्थात् माघे संक्रान्तिको दिन थारु समुदायमा महŒवपूर्ण निर्णय गर्ने गरिन्छ ।
पुरुष माघीका लागि मासुको जोहो गर्न जुटेका छन् । अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारु युवतीलाई भ्याइ–नभ्याइ छ । करिब एक हप्तासम्म मनाइने माघी पर्वअन्तर्गत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउँछन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको घनश्याम थारुले बताए ।
माघीकै लागि खानपिनको जोहो केही दिनअघि नै गर्नुपर्ने भएकाले धान कुटाउने, ढिक्री खान पिठो पिसाउने, मासुको लागि योजना बनाउने, नयाँ कपडा किन्ने, घर आँगन सरसफाइ तथा लिपपोत गर्ने, नाचगानका लागि बाजागाजा तयारी गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । उनले भने, ‘माघे संक्रान्ति आउनुभन्दा दुई दिनअघि नै थारु समुदायमा माघीको रौनक देखिएको छ ।
माघीकै लागि माछा मार्न महिनौँ अघिदेखि खोला या तालमा माछा संरक्षण गरेर राख्ने थारु समुदायको परम्परा छ । दिनअघि तलाउ वा नदीमा गइ माछा मार्ने तथा विभिन्न परिकारहरू बनाउने गर्छौं ।’
माघीमा थारु समुदायको मुख्य परिकारका रूपमा ढिक्रीलाई लिने गरिएको छ । यो पर्वमा ढिक्रीको ठूलो महŒव रहने सन्दीप चौधरीले बताए । तीन दिनसम्म मनाउने माघीमा थारु समुदायका युवाहरू १ गतेदेखि नै नाचगान गरी रमाइलो गर्छन् भने युवतीहरू २ गतेदेखि रमाइलो गर्ने गर्दछन् ।
‘रातभरि नाचगान गर्ने र बिहान भालेको डाँकोसँगै नजिककैका तलाउ, नदीमा नुहाउने र पूजा गरिन्छ,’ स्थानीय पूजा चौधरीले भनिन्, ‘बिहान भगवान्को नाममा स्नान गर्दा जेठो छोराबाट सुरु भइ पालैपालो नदीमा स्नान गर्ने गरिन्छ । स्नान गरिसकेपछि तिलको डाँठको आगो बालेर तापी कसैसँग नबोलेर टिकाउने र त्यसपछि एक अर्काप्रति सदभाव व्यक्त गरिन्छ ।’










प्रतिक्रिया दिनुहोस्