20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सुत्केरी गराउन अस्पताल गएकी थापाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २९, २०७८  

चितवन ।

सुत्केरी गराउन अस्पताल गएकी एक महिलाका मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी राप्ती नगरपालिका ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो ।

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेको पारिवारिक स्रोतले जानकारि दिएको छ ।

परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको भन्दै राधिकाको पोष्टमार्टम गर्न मानेका छैनन् । राधिकाका श्रीमान् सुधिर थापा जापानमा बस्दै आउनुभएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस २९, २०७८     10:16:29 AM  |