29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

नेशनल प्याब्सन राप्ती सोनारीदद्धारा १५ जना शिक्षक शिक्षिका सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८  

कोहलपुर  :बाँकेको राप्ती सोनारी गाउँपालिका भित्रका १५ जना संस्थागत विद्यालयका शिक्षक शिक्षिका सम्मानित भएका छ्न । नेशनल प्याब्सनको २४ औं स्थापना दिवसका अवसरमा नेशनल प्याब्सन राप्ती सोनारीले आयोजना गरेको शिक्षक, शिक्षिका सम्मान कार्यक्रममा ४ जना शिक्षक र ११ जना शिक्षिका सम्मानित भएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरले खादा तथा सम्मान पत्रले सम्मान गरेका थिए । उत्कृष्ट शिक्षण तथा विद्यालयमा रहेर लामो समय योगदान गरेका १५ जना शिक्षक, शिक्षिकाहरुलाइ सम्मान गरिएको नेशनल प्याब्सन राप्तीसोनारीका कार्यबाहक अध्यक्ष सागर दत्त गौतमले जानकारी दिए।

कार्यक्रममा नेशनल प्याब्सन बाँकेका सचीव झलक वली ,सह कोषाध्यक्ष लोकराज डाँगी , नेशनल प्याब्सन राप्तीसोनारीका कोषाध्यक्ष केशर बहादुर ओली,लगायतको सहभागीता रहेको थियोे ।

प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८     7:40:10 PM  |