16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

टी–२० क्रिकेटमा लुम्बिनी पराजित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८  

कोहलपुर ।

काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष टी– २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई हराउन ११५ रनको लक्ष्य पाएको लुम्बिनी प्रदेशले ४९ रनको हार बेहोरेको छ ।

मूलपानी क्रिकेट रंगशालामा सम्पन्न सोमबारको चौथो खेलको पहिलो पारीमा टस जितेर ब्याटिङ रोजेको बागमतीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर ११४ रन बनायो ।

जवाफमा लुम्बिनी १५ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ६५ रनमा समेटिएपछि बागमतीले सानदार जित निकालेको थियो । बागमतीका लागि इशान पाण्डेले १३ रन बनाए भने सुवास खकुरेलले ५१ रन जोडेका थिए ।

त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेका थिएनन् । खेलमा खकुरेलले ५३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा अर्धसतकीय पारी खेलेका हुन् ।

लुम्बिनीका दुर्गेश गुप्ताले दुई विकेट लिँदा अनिल खकुरेलले पनि समान दुई विकेट गिराएका थिए । सिद्धान्त शाही, बसिर अहमद र विक्रम भुषालले समान १–१ विकेट लिएका हुन् ।

जवाफमा लुम्बिनीका कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् । बागमतीका नन्दन यादवले तीन विकेट गिराउँदा सुवास खत्री, रामनरेश गिरी र तिलक भण्डारीले समान २–२ विकेट लिएका थिए । एक विकेट लिनेमा रिजन ढकाल रहेका थिए ।

प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८     9:06:14 PM  |