29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

जमुनाहामा नाकामा रहेको हेल्थ डेस्कका चारजना स्वास्थ्यकर्मी संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८  

नेपालगन्ज ।

नेपाल–भारत जमुनाहमा स्थापना गरिएको हेल्थडेस्कका चारजना कर्मचारी कोभिड–१९ (कोरोना भाइरस) बाट संक्रमित भएका छन् । शनिबार एकजना र आइतबार तीनजना गरी चारजना कोरोना भाइरस संक्रमित भएका हुन् ।

कोरोना भाइरस संक्रमित हुनेमा सबै पुरुष रहेका हेल्थडेस्क जामुनाहकी इन्चार्ज गीता शाहीले जनाइन् । उनका अनुसार आइतबार भारतबाट जमुनाह हुँदै नेपाल प्रवेश गर्ने थप ३७ जनामा कोरोना भाइरस देखिएको छ ।

उनका अनुसार कोरोना भाइरस संक्रमित हुनेमा २७ जना पुरुष र १० जना महिला छन् । आइतबार ६ सय ६० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये पाँच सय २३ जना पुरुष र एक सय ३७ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कोरोना भाइरस संक्रमित सबैलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८     9:05:47 PM  |