संघर्षशील महिला: वसन्तीका वसन्तीमय बहार



साँझबिहान खानसमेत फुर्सद पाउँदैन्थ्ये । कोरोना भाइरसबाट बच्ने उपाय अवलम्बन गरेर मास्कको व्यापार गरेँ । जसले झन व्यापारमा थप उर्जा थपिदियो ।

इमान्दारीताका साथ आफूले काम गर्दा सानै बामबाट ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । सबैभन्दा ठूलो धैर्यता र लगनशीलतासँगै इमान्दारीता हो । सानो लगानीमा व्यापार गर्दा लाज हुने भयले कामविहीन हुन्छौं ।

रोजगारी खोज्न भौतारिन्छौं । त्यसो होइन, ‘आफूसँग जति छ त्यतिनै लगानीमा सीप र दक्षताअनुसारको काम सुरु गर्नुपर्छ ।’

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कालीकोटबाट रित्तो हात बाँकेस्थित कोहलपुर–१ कौशिलानगरमा आएकी ३० वर्षीया वसन्ती तिरुवासँग अहिले, ‘एउटा पक्की घर छ । एक गार्मेन्ट उद्योग पनि । उद्योगमा करिब पाँच लाखभन्दा बढी लगानी छ । त्यही उद्योगमा उनी आफूमात्रै होइन अन्य तीनजनालाई पनि रोजगारी दिएकी छिन् ।’

यो सफलता उनले कडा मिहेनत र लगनशीलतापछि मात्र प्राप्त गरिन् । भनिन्छ, ‘पैसा कमाउन विदेशै जानु पर्दैन । इमान्दारीताका साथ मिहेनत गरे स्वदेशमा सुन फलाउन सकिन्छ ।’ जुन कुरा, वसन्तीजस्ता संघर्षशील महिलाले उदाहरण पेश गरेका छन् ।

वसन्तीका मनमा पनि अनेकन कुरा नखेलेका होइनन् । जीवनलाई संघर्षशील बनाउन उनले दुःख पनि सामान्य झेलेकी छैनन् । जुन, संघर्षले उनलाई अहिले उद्योगीको ट्याग लगाइदिएको छ ।

सामान्य परिवारकी उनलाई खानलगाउनै मुस्किल थियो । परिवारका अन्य सदस्य पनि बेरोजगार हुँदा उनलाई घर धान्न धम्मेधम्मे थियो । जीविकापार्जनका लागि कुनैबेला २६ सय रुपैयाँले महिनाभरि काम गरेको अनुभव छ उनलाई ।

उक्त जागिरले घरधन्दा चलाउन कठिन भएपछि व्यापार सञ्चालन गर्ने सोच बुनिन् । त्यसपछि उनले १० हजार रुपैयाँ लगानीमा सिलाइकटाइ पसल सञ्चालन गरिन् । जसले उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । अहिले वसन्तीको जीवनमा वसन्तमय छाएको छ ।

वसन्तीलाई अहिले न पैसाको अभाव छ न त जागिरैकै आवश्यकता । कुनैबेला जागिरको लागि कालीकोटदेखि सुदूरपूर्वको सप्तरीसम्म धाएकी उनलाई संघर्षले मालिकको परिचय दिएको छ । उनी स्वयम् पनि अहिले आफ्नो जीवन वसन्तमय भएको बताउँछिन् । केही वर्ष पहिले एक कार्यक्रममा जाँदा वक्ताले बोलेको कुराले उनको जीवन परिवर्तन गराइदियो । ती वक्ताले भनेका थिए, ‘छोराको कमाइ डराइडराइ, श्रीमान्को कमाइ कराइकराइ, आफ्नो कमाइ रमाइरमाइ ।’

त्यो भनाइले उनलाई व्यवसायमा लागेर आफैँ कमाउन प्रेरणा मिल्यो । भन्छिन्, ‘त्यसपछि जागिर होइन व्यवसाय गर्नुपर्छ भन्ने प्रण गरेँ । जागिरको माया मारेँ । सीप सिक्न थाले ।’ केही वर्ष पहिले उनले कालीकोटमा बालविकास केन्द्रमा पढाइन्, २६ सय मासिक तलब थियो । पछि स्वास्थ्यले साथ नदिएपछि तराई झरिन्, त्यहाँ फुर्सदको समयमा सिलाइकटाइ सिकेकी थिइन् ।

व्यवसाय गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेपछि वसन्तीले सुरुमा सिलाइकटाइ तालिम लिइन् । ‘बुढाको जागिर थिएन । सबै बेरोजगार । तालिमका लागि ऋण निकाले,’ उनले भनिन्, ‘सियो र धाँगो किन्नेसमेत पैसा थिएन । माइतमा गएर सीप सिकेँ ।’ उनले बर्दियाको ठाकुरद्वारा (माइती) मा गएर दुई महिने सिलाइकटाइ तालिम लिएको बताइन् । फेरि शिक्षणकै लागि सप्तरी पुगिन् । त्यहाँ दिउँसो बोर्डिङमा पढाउँथिन्, बिहान–साँझ लुगा सिलाउँथिन् । त्यहाँ पनि सोचेजस्तो जीवन चलेन ।

त्यसपश्चात् कोहलपुर फर्केर समूहमा ऋण निकालेर कपडा सिलाउने व्यवसाय सुरु गरेको उनको भनाइ छ । १० हजार लगानीबाट उनको व्यवसाय सुरु भयो । अहिले गार्मेन्ट उद्योग सञ्चालन गरिरहेकी छन् ।

उनीहरुलाई मासिक १० हजार तलब दिन्छिन्् । उद्योग फाइदामा रहेको बताउने वसन्ती मासिक लाखौँ कमाउँछिन् । उनी भन्छिन्, ‘आफ्नो उद्योग चलाइरहेकी छुँ । छोरोछोरीको पालनपोषण र पढाइ खर्च सबै आफैँ व्यहोर्छुं । श्रीमान्को कमाइ माग्नुपरेको छैन ।’ उसोतः उनका श्रीमान् पनि यतिबेला सरकारी जागिरे भइसकेका छन् ।

हिजो एक महिनामा २६ सय कमाइ हुन्थ्यो, अहिले एकदिनमै कमाउँछु । जागिरभन्दा व्यवसायमा आनन्द भएको बताउँदै उनले व्यवसायमा आफू सन्तुष्ट रहेको बताइन् । उनी महिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिन्छिन् । पहिला धेरै क्षेत्रमा अवसर नपाए पनि अहिले सबैले व्यवसायको विषयमा प्रशंसा गर्ने गरेको बताइन् ।

उनको व्यवसायको लागि स्थानीय सरकार, विभिन्न संघसंस्थाले समेत सहयोग गरेका छन् । अझै ठूलो भवन निर्माण गरेर धेरैलाई रोजगारी दिने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

कोरोना बेला अझै आम्दानी

विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका बेला सबैका व्यवसाय बन्द भए । नागरिकले घरभित्रै फुर्सदिलो समय कटाए । तर, मैले फुर्सद पाइन् । त्यतिबेला त झन मेरो व्यापार नसोचेकै भयो । लकडाउनको समयमा मात्रै घरेलु मास्क उत्पादन गरेर साढे चार लाख रुपैयाँ कमाए ।

एक्लै काम गर्न नसकेर अन्य महिलासमेत राखेर मास्क उत्पादन र बजारीकरण गरेँ । त्यतिबेला मास्कको माग धान्न धौधौ परेको थियो । अहिले उद्योगमा तीनजना दलित समुदायका महिलालाई रोजगारी दिएको छुँ । साँझबिहान खानसमेत फुर्सद पाउँदैन्थ्ये ।

कोरोना भाइरसबाट बच्ने उपाय अवलम्बन गरेर मास्कको व्यापार गरेँ । जसले झन व्यापारमा थप उर्जा थपिदियो । इमान्दारीताका साथ आफूले काम गर्दा सानै बामबाट ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।

सबैभन्दा ठूलो धैर्यता र लगनशीलतासँगै इमान्दारीता हो । सानो लगानीमा व्यापार गर्दा लाज हुने भयले कामविहीन हुन्छौं । रोजगारी खोज्न भौतारिन्छौं । त्यसो होइन, ‘आफूसँग जति छ त्यतिनै लगानीमा सीप र दक्षताअनुसारको काम सुरु गर्नुपर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २७ गते मंगलबार