सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा एक शिशुको मृत्यु



दाङ ।

बस दुर्घटना हुँदा नौ महिनाका एक शिशुको मृत्यु भएको छ । दुर्घटनामा परी थप दस यात्रु घाइते भएका छन् । भारतको मोतिहारका असिर आलकका छोरा नानु आलमको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीअनुसार घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

दुर्घटनामा परी सुर्खेतको छिन्चु नगरपालिका– ९ का १७ वर्षीय दिलबहादुर क्षेत्री, रौतहटको पूर्वाह गाउँपालिका– ६ का ३४ वर्षीय रामविनायक कुर्मी, पर्साको वीरगञ्ज उपमहानगरपालिका– १६ का ३५ वर्षीय रतन शाही, भारत विहारका ४० वर्षीय सन्शात खातुन, सोही ठाउँका एन्डिल आलक, बर्दियाको गेरुवा गाउँपालिका–१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके नेपालगन्ज–१८ की ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका– ७ का ४५ वर्षीय धनबहादुर रावत, सोही ठाउँका ५२ वर्षीय गोरख रावत रहेको घाइते भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका– ५ सिसहनियाँस्थित दोलाई खोला नजिक सोमबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २७ गते मंगलबार