29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २५, २०७८  

रियाद ।

साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानवअधिकारवादी समूहले जनाएको छ ।

साउदी अरबको राजपरिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातीको रूपमा चिनिन्छिन् । उनलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्योपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ । तर, यसबारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनलाई त्यति बेला उपचारका लागि स्वीट्जरल्यान्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिनअगाडि मात्रै पक्राउ गरिएको थियो । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन । रासस/एएफपी

प्रकाशित मितिः आइतवार, पुस २५, २०७८     12:52:31 PM  |