4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

प्लम्बर एशोसियसन बाँकेमा अशोकको नेतृत्व

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २५, २०७८  

नेपालगन्ज ।

प्लम्बर एशोसियसन बाँकेमा नयाँ नेतृत्व आएको छ । शनिबार बाँकेको नेपालगन्ज भएको पहिलो साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको हो । सर्वसम्मत रुपमा अशोककुमार चौधरीको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा आनन्द बहादुर खड्का, सचिवमा मंगलराम थारु, सहसचिवमा सन्जुलाल थारु र कोषाध्यक्षमा रमेशकुमार थारु चयन भएका थिए ।

त्यसैगरी सदस्यहरुमा केशव चौधरी, रामप्रसाद चौधरी, सुजितकुमार श्रेष्ठ, रामप्रसाद थारु, बाबादिन गोडिया, ऐमानसिंह मगर, इच्छाराम तेली र आशाकली बेहना सर्वसम्मत रुपमा चयन भएको अध्यक्ष अशोकले जानकारी दिए । नयाँ कार्यसमितिले प्लम्बर मजदुरहरुका समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर अगाडी बढ्ने उनले बताए ।

‘जिल्लामा प्लम्बर मजदुरहरुका धेरै समस्याहरु रहेका छन्’ उनले भने, ‘सबैसँग सहकार्य गरे हामी ती समस्याहरु हल गर्ने बाटो खोज्नेछौं ।’ प्लम्बर एशोसियसन बाँकेका सचिव मंगलराम थारुले स्थापनाको थोरै समयमा नै संस्थाले फड्को मारेको बताए । आगामी दिनमा प्लम्बर मजदुरको हकहितमा एशोसियसनले काम गर्ने उनले दाबी गरे । साधारण सभामा धेरै जनाले नेतृत्वमा आकांक्षा देखाएपछि छलफल पश्चात सर्वसहमतीमै नयाँ नेतृत्व चयन गरिएको थियो ।

‘समस्या समाधान हुनुपर्छ’ 

प्लम्बर एशोसियसन बाँकेको पहिलो साधारण सभाको उद्घाटन समारोहमा बोल्ने सहभागीहरुले मजदुरहरुका समस्या समाधान हुनुपर्ने बताएका छन् । प्लम्बर मजदुरहरुको ज्यालाको साथै सुरक्षालाई समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुले बताएका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेश महासचिव तारा रोकाया खत्रीले मजदुरहरुले अझै पनि सरकारले तोकेको ज्याला पाउन नसकेको बताइन् । उनले तलबसँगै कार्यक्षेत्रमा सुरक्षाको समेत प्रत्याभूति हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा पञ्चकन्या समूहका एरिया मार्केटिङ सुरेश मिश्र, अखिल नेपाल निर्माण मजदुर संघ लुम्बिनी प्रदेशका अध्यक्ष राजेन्द्र सिंह, अखिल नेपाल निर्माण मजदुर संघ बाँकेका अध्यक्ष नरेन्द्र सिंह लगायतले बोलेका थिए ।

प्रकाशित मितिः आइतवार, पुस २५, २०७८     11:44:05 AM  |