कोहलपुर ।
बाँके राप्तीपारी क्षेत्रमा आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणको लागि समन्वय थालिएको छ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बाघ नियन्त्रणको लागि समन्वय भइरहेको जानकारी दिए ।
‘हामीसँग बाघ नियन्त्रणको लागि स्रोत र साधन छैन । त्यसैले अन्य निकायसँग समन्वय गरिरहेका छौं’ उनले भने, ‘सबै निकायबीच समन्वय भएपछि बाघ नियन्त्रणको लागि जनशक्ति आउँछ ।’
डिभिजन वन कार्यालय बाँकेले आफुसँग बाघ नियन्त्रणको लागि स्रोत र साधन नभएको भन्दै बाघ नियन्त्रणमा लिइदिनको लागि प्रकृति संरक्षण कोषसँग शनिबार आग्रह गरेको थियो ।
‘बाघ नियन्त्रणमा लिएर अन्तै लगेर व्यवस्थापन गर्नुप¥यो भनेर हामीले यो सबै कामहरु शनिबार दिनभरीमा सबैसँग समन्वय गरेका छौं’ प्रमुख कँडेलले भने । बाघ नियन्त्रण लिने विषयमा प्रदेश र संघको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभाग लगायतसँग समेत समन्वय भइसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्