20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुर–१४ का तीन सय विपन्नलाई न्यानो कपडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २४, २०७८  

शुभाकर विश्वकर्मा,कोहलपुर : बाँकेको कोहलपुर–१४ मा रहेको हुलास ग्रुपद्धारा सञ्चालित हुलास खाद्य उद्योग प्रा.लि.पार्वतीपुरले विपन्न,असहाय तथा अपांगता भएकाक व्यक्तिहरुलाई न्यानो कपडा र खाद्य सामग्री वितरण गरेको छ । हुलास ग्रुपका सञ्चालक चन्द्रकुमार गोल्छाकी स्वर्गीय श्रीमती माला गोल्छाको १५ औँ पुण्य तिथिको अवसरमा कोहलपुर–१४ का तीन सय विपन्न, असहाय, अपांगता भएका व्यक्ति,एकल महिला तथा प्रा.लि.का कामदारहरुलाई न्यानो कपडा र खाद्य सामग्री वितरण गरिएको हो ।


कोहलपुर–१४ का वडा अध्यक्ष टेकचन हरिजनको प्रमुख आथित्यतामा सम्पन्न सहयोग हस्तान्त्रण कार्यक्रम मार्फत कुल सात लाख भन्दा बढी मूल्य बराबरको सहयोग हस्तान्त्रण गरिएको हुलास खाद्य उद्योग प्रा.लि.पार्वतीपुरका जनरल म्यानेजर एन चक्रवतीले जानकारी दिए । उनका अनुसार स्वर्गीय माला गोल्छाको स्मृतिमा प्रत्येक वर्ष समाजमा भएका विपन्न नागरिकहरुलाई सहयोग हस्तान्त्रण गर्दै आएको छ । १५ औँ पुण्य तिथिको अवसरमा कोहलपुर–१४ मा रहेको समाज सेवा संस्था नेपालले सुरु गरेको एम्बुलेन्स खरिद् अभियानलाई हुलास खाद्यको तर्फबाट नगद १ लाख ११ हजार रुपैयाँ हस्तान्त्रण गरिएको उनले जानकारी दिए ।

उक्त सहयोग संस्थाका अध्यक्ष विनोद थापालाई कार्यक्रमका विशेष अतिथि दिलिप सेठिया र उनकी धर्मपत्नीले संयुक्त रुपमा हस्तान्त्रण गरेका थिए । सोही अवसरमा सेठियाले समेत व्यक्तिगत रुपमा एम्बुलेन्स खरिदका लागि २१जार रुपैयाँ सहयोग गरेका हुन् । ‘हुलास खाद्यले प्रत्येक वर्ष मानवीय कार्य गर्दे आएको छ । यसपटक पनि यस क्षेत्रका विपन्न नागरिकलाई सहयोग गरेका छौँ,’ म्यानेजर चक्रवतीले भने,‘यस प्रा.लि.ले कोभिड–१९ को समयमा समेत विपन्न नागरिकलाई खाद्यन्न सहयोग गरेको थियो । आगामी दिनमा समेत हाम्रो सहयोग निरन्तर रहनेछन् ।’

यस्तै उनले हुलास खाद्य उद्योग प्रा.लि.पार्वतीपुरले कोहलपुर क्षेत्रमा रोजगारी समेत सिर्जना गरिरहेको मिसन टुडे दैनिकलाई जानकारी दिए । अहिले उद्योगमा स्थायी कर्मचारी ३५ जना, अस्थायी कर्मचारी ४५ जना र अहिले नयाँ निर्माण भइरहेको संरचनामा १ सय भन्दा बढीले रोजगारी पाइरहेको उनले बताए । उक्त अवसरमा बोल्दै कोहलपुर–१४ का अध्यक्ष टेकचन हरिजनले हुलासले विगतमा पनि सहयोग गरेको र अहिले पनि वडाका विपन्न नागरिकलाई सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनका अनुसार रोजगारीका साथै मानवीय कार्य हुलास खाद्य उद्योग अग्रणी स्थानमा रहेको छ ।

यस्तै समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले संस्थाले सुरु गरेको एम्बुलेन्स खरिद अभियानलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग गरेको भन्दै हुलास खाद्य उद्योगलाई धन्यवाद व्यक्त गरे । उनका अनुसार अहिलेसम्म अभियान अन्तर्गत १५ लाख रुपैयाँ संकलन भइसकेको छ । उक्त अवसरमा हुलास खाद्य उद्योग प्रा.लि.का निर्देशन अभिज्ञान गोल्छा, वडा अध्यक्ष, वडा सचिव जनप्रतिनिधि वडा नम्बर १४ का नागरिक तथा कामदारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, पुस २४, २०७८     6:41:16 PM  |