फत्तेपुरमा दाउरा लिन गएकी महिलालाई पाटेबाघले झम्टेर लग्यो



कोहलपुर ।

बाँकेको राप्ती सोनारी गाउँपालिका– ६ घर भएकी एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ ।

शनिबार बिहान स्थानीय सामुदायिक बनमा दाउरा लिन गएकी स्थानीय ३० वर्षिया चाँदनी थारुलाई बाघले झम्टेर लगेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

महिलाको कपडा फेला परेको बताइएको छ । अहिले प्रहरी तथा स्थानीयबासीहरु महिलाको खोजीको लागि जंगल जाने तयारी गरेका छन् । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार