19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

आजदेखि नेपालगन्जमा नकआउट फुटबल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २४, २०७८  

कोहलपुर ।

बाँकेको नेपालगन्जमा आज (शनिबार) देखि बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्ज रंगशालामा हुन गइरहेको प्रतियोगिता पुसको २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

प्रतियोगिताको समूह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समूह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन् । समूह ए र बी को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पहिलो दिन आज दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले जानकारी दिए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ ।

यसैगरी आइतबार सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजना बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, पुस २४, २०७८     11:34:18 AM  |