काजकिस्तानमा भइरहेकाे विराेध प्रदर्शन र हिंसाका बीच त्यहाँकाे सरकारले सेनालाई ‘विना चेतावनी गाेल चलाउन’ आदेश दिएकाे बीबीसीले जनाएकाे छ ।
काजकिस्तानका राष्ट्रपति कासिम जाेमार्त ताेकाएबले अल्माटी सहरमा ‘२० हजारकाे सङ्ख्यामा रहेका विराेधी प्रदर्शनकारी’ ले आक्रमण गरेकाे बताउनुभएकाे छ । अल्माटी सहर बढिरहेकाे तेलकाे मूल्यकाे विराेधमा भइरहेकाे विराेध प्रदर्शन र हिंसाकाे केन्द्र हाे ।
राष्ट्रपति तोकाएबले यस हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतङ्कवादीहरू’ जिम्मेवार भएकाे दाबी गर्नुभएकाे छ । यद्यपि उहाँले याे दाबीकाे बारेमा कुनै स्पष्ट पार्नुभएकाे छैन ।
यसैबीच काजकिस्तानकाे अनुराेधमा रुसकाे नेतृत्वमा रहेकाे सेना काजकिस्तान पुगेकाे छ । काजकिस्तानकाे गृह मन्त्रालयले २६ सशस्त्र अपराधीलाई मारिएकाे र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएका बताएकाे छ ।
त्यस्तै तीन हजारभन्दा धेरै मानिसलाई पक्राउ गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ । यद्यपि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द रहेकाे र निकै कम जानकारी सार्वजनिक भइरहेकाे छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पूरै देशमा ७० चेक प्वाइन्ट्स राखिएकाे छ । काजकिस्तानमा तेलकाे मूल्यमा भएकाे वृद्धिकाे विराेधमा प्रदर्शनकाे क्रममा हिंसा बढेकाे हाे ।
याे अवस्थालाई लिएर अमेरिका, बेलायत, फ्रान्सका साथै संयुक्त राष्ट्रले पनि सबै पक्षलाई संयम रहन अपिल गरेकाे छ ।










प्रतिक्रिया दिनुहोस्