राजापुरको तोरीबारीमा भाले हात्ती मृत फेला



बर्दिया ।

बर्दियामा भाले हात्ती मृत फेला परेको छ । जिल्लाको राजापुर नगरपालिका वडा नम्बर १० ढुंडिपुरमा भाले हात्ती मृत फेला परेको हो ।

आज बिहान तोरी बारीमा स्थानियले मृत अवस्थामा हात्तीलाई देखेपछि डिभिजन बन कार्यालय बर्दियालाई जानकारी गराएका थिए ।

अहिले बन कार्यालय बार्दियाको टोली घटनास्थल पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार