कोहलपुर : बर्दियाको ठाकुरबाबामा आँखा र कान शिविर सम्पन्न भएको छ । समाज सेवा संस्था नेपाल बाँकेको आयोजनामा नयाँ वर्षको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७,८ र ९ को केन्द्र पर्ने वडा नम्बर ८ मा रहेको चिटकैया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो । ब्रिनोज कान स्वास्थ्य स्वयाहार केन्द्र, भिजन आँखा अस्पताल रोटरी क्लब अफ सेन्ट्रलको सहकार्य रहेको शिविरमा कान र आँखा गरी २४९ जनाको परिक्षण गरिएको थियो ।
आयोजक समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाका अनुसार परिक्षण गरिएका मध्ये कान सम्बन्धि समस्या भएका १० जनालाई रिफर गरिएको छ । उनीहरुलाई अप्रेसनका लागि । ब्रिनोज कान स्वास्थ्य स्वयाहार केन्द्र नेपालगन्जमा रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।
‘ समाज सेवा संस्थाले यस्तै सामाजिक कार्य गर्दै आएको छ । नयाँ वर्षको अवसरमा बर्दियामा कान र आँखा शिविर सञ्चालन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘शिविरमा उल्लेख्य सहभागिता रहेको थियो । ती मध्ये आर्थिक अवस्था कमजोर भएकाहरुलाई थप उपचारको लागि समन्वय गरिएको छ । ’
प्रतिक्रिया दिनुहोस्