21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

सिके राउतका कार्यकर्ताद्धारा बर्दियामा बिहानैदेखि चक्काजाम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १७, २०७८  

कोहलपुर ।

सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले शनिबार बिहानैदेखि समेत बर्दियामा सडक अवरुद्ध पारेका छन् ।

गुलरिया नेपालगन्ज सडक खण्डको लालपुर, तुलापुर लगायतका स्थानमा जम्मा भएर बिहानैदेखि नेता कार्यकर्ताहरुले सडक बन्द गराइरहेका छन् ।

किसान आन्दोलनको नाममा सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा केही दिनयता अनिश्चितकालीन चक्काजाम घोषणा गरेको छ । बन्द क्रममा कुनै अप्रिय घटना घट्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मितिः शनिबार, पुस १७, २०७८     11:05:08 AM  |