नेपालगन्ज
बाँकेको नेपालगन्जमा जीपको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।
नेपालगन्जबाट कोहलपुर आउँदै गरेको भे १ च ३८५४ नम्बरको जीपले कारकाँदोमा सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट नेपालगन्ज– १८ का ३८ वर्षीय रमेश शर्मा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । घाइते नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।
ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७८ पुस १७ गते शनिबार
प्रतिक्रिया दिनुहोस्