19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ब्रा लगाउने जान्नुहोस् सही तरिका, सबैले गर्ने यस्तो गल्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १६, २०७८  

एजेन्सी ।

ठूलो संख्यामा महिलाहरु ब्राका बारेमा त्यसको साइजलाई लिएर झुक्किने गर्दछन् । उनीहरु मध्ये धेरैलाई ब्राको साइजको बारेमा थाहा नै भएपनि त्यसको सही प्रयोगको बारेमा भने जानकारी नहुन सक्छ । यस्तोमा उनीहरुलाई पटकपटक ब्राको सही नापका बारेमा समस्या हुने गरेको छ ।

केही यसबारेका विज्ञहरुले भने यसलाई सही तरिकाले लगाउने बारेमा निम्न उपायहरु सुझाएका छन् । द सन नामक पत्रिकामा छापिएको रिपोर्टका अनुसार महिलाहरु आफ्नो ब्राको सही पकड नभएकोमा चिन्तित रहने गरेका छन् ।

विज्ञका अनुसार कहिले पनि ब्रा लगाउँदा त्यसको हुक आफ्नो अगाडिबाट लगाएर ब्रालाई पछाडि नघुमाउनुहोस् । महिलाहरु प्रायः पछाडि लगाएर हुक लगाउन उनीहरुलाई समस्या हुने ठान्दछन् । उनीहरुलाई आफ्नो हात नपुग्ने भएकाले यसो गर्ने गर्दछन् । ब्रालाई अगाडि लगाएर पछाडि फर्काउँदा ब्रा बिग्रिने समस्या हुने विज्ञको तर्क छ । उनीहरु यसो नगर्न सुझाउँदछन् ।

वास्तवमा ब्रा लगाउने सही तरिका सबैभन्दा पहिले आफ्नो कम्मर पछाडि पट्टि झुकाउने र ब्राको हुक लगाउने । यसोगर्दा तपाईंको हात सजलै पछाडि पुग्दछ । यसपछि आफ्नो हातले आफ्नो स्तनलाई ब्राका दुबै कपमा राख्नुहोस् । कपलाई आफ्ना दुबै स्तन ढाकिने गरी ठम्म मिलाउनुहोस् । त्यसपछि हातले ब्राको हुक बन्द गर्नुहोस् ।

महिलाहरुलाई यो कुराको पनि हेक्का हुन जरुरी हुन्छ कि यदि ब्राको कपले उनीहरुका स्तन अलिकति पनि बाहिर आए त्यो सही नापको ब्रा हुन्न । त्यसकारण सही नापको ब्रा लगाउनु आवश्यक छ ।

प्रकाशित मितिः शुक्रबार, पुस १६, २०७८     5:53:51 PM  |