21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १५, २०७८  

काठमाडौं ।

सुन तोलामा ४ सयले घटेको छ । बिहीबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९३ हजार रहेको सुन बुधबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला एक हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँ रहेको छ ।

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १८००. ४९ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २२. ६९ डलर छ । बुधबार सुन प्रतिऔंस १८०६.४४ डलर र चाँदी प्रतिऔंस २३. ०६ डलरमा कारोबार भएको थियो ।

प्रकाशित मितिः बिहिबार, पुस १५, २०७८     12:23:23 PM  |