र्यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।
‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘थप अनुसन्धानका लागि म्याद थप गरिएपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढ्ने प्रहरीले बताएका छन् ।
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्