बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको स्टोर कक्षमा ४ जना मृत फेला परेका छन् ।
उनीहरु एकै परिवारका रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । सोही कोठामा परिवारकै अन्य तीन सदस्य बेहोस अवस्थामा भेटिएका थिए ।
मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका– ६ कालीकोटका धर्मप्रसाद भट्टराई, उनका तीन महिने छोरा, ४३ वर्षीया आम कोकिला भट्टराई र २२ वर्षीय बहिनी नन्दकली भट्टराई रहेका छन् ।
धर्मप्रसादकी श्रीमती, तीन वर्षीय छोरा र १८ वर्षीय भाई बेहोस अवस्थामा फेला परेको एसपी अधिकारीले जानकारी दिए । धर्मप्रसाद कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए ।
घटनाको जानकारी लगत्तै अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्