भेरी अस्पतालको स्टोरमा ३ जना मृत फेला, थप विवरण आउन बाँकी



नेपालगन्ज

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको स्टोर कक्षमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

अस्पतालको स्टोर कक्षमा बस्दै आएका अस्पतालकै कर्मचारीका परिवारका ५ जना सदस्यहरुमध्ये ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

परिवारका अन्य दुई सदस्य भने अचेत अवस्थामा फेला परेका छन् ।

मृतकहरुको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार