जमुनाहाबाट कैलालीका बोगटी लागूऔषधसहित पक्राउ



नेपालगन्ज ।

नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । कैलालीस्थित लम्कीचुहा नगरपालिका–४ का २४ वर्षीय कर्ण बोगटी प्रक्राउ परेका हुन् ।

सोमबार बिहान पौने १० बजे उनलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतीय बजार रुपैडिहाबाट शंकास्पदरुपले नेपालगन्जतर्फ आउँदै गर्दा उनलाई चेकजाँच गरिएको थियो ।

उनीसँग १० पिस नाइट्रोभेट ट्याबलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाट्रन एमिलसमेत भेटिएको जमुनाहा प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) मीनबहादुर बिष्टले जनाए ।

पक्राउ परेका बोगटीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार